आमाको उपचार खर्च जुटाउन एक्लिएकी छोरीद्वारा सहयोगको याचना
पाेखरा | मंसिर ७, २०८१
पोखरा: पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन गाह्रो भएपछि परिवारले सहयोगको याचना गरेको छ ।
पारिवारिक स्रोतका अनुसार अहिलेसम्म गंगाको उपचारमा करिब ८ लाख खर्च भइसकेको छ भने, अप्रेशनका लागि थप ५ लाख लाग्ने भरतपुर अस्पतालले बताएको छ ।
आमाको उपचारका लागि सहयोगको याचना गर्न बाध्य भएको छोरी अनिता दर्जीले सुनाइन् ।
उनका अनुसार यसअघि उनको बुवाको उपचारमा पनि खर्च भइसकेको छ ।
उनले विभिन्न दाताहरुको सहयोगमा उपचार भइरहेको र बाँकी रकम जुटाउन थप याचना गर्नुपरेको बताइन् ।
‘भाई कामको खोजीमा भारतमा छ । मैले एउटा स्कुलमा पढाउने मात्रै हो । सक्ने जति जुटाएर उपचार गर्याै । अब अप्रेशनको तयारी गर्ने डाक्टरको सल्लाह छ त्यसैले सहयोगको याचना गर्नुबाहेक विकल्प भएन’, उनी पीडा पोख्छिन् ।
उनले सहयोग गर्न चाहनेहरुले अनिता दर्जीको एनएमबी बैंकको खाता नम्बर १२१०२००९४१७००१२, र राष्ट्रिय वाणिज्य बैंको खाता नम्बर ३५००१००००००४१२०३ मा जम्मा गर्न अनुरोध गरेकी छिन् ।

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...
काठमाडौँ । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

